काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज मंगलबार पनि ओरालो लागेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख ७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा झरेको छ । हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो ।
पछिल्लो ७ कारोबार दिनदेखि सुनको मूल्य ओरालो लागिरहेको छ । गत असोज ८ गते प्रतितोला छापावाला सुनको १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्डको १ लाख ११ हजार ६५० रुपैयाँ थियो । यो ७ दिनको अवधिमा सुनको मूल्य तोलामै ५ हजार ६०० रुपैयाँले घटिसकेको छ ।




















प्रतिक्रिया