काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा बोल्न प्रमुख विपक्षी दलको नेता ओलीले समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले ओलीले आजको बैठकमा बोल्न समय मागेको पुष्टि गरे । उनले भने ‘प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय माग्नुभएको छ ।’




















प्रतिक्रिया