Logo

प्रमुख समाचार

संसद्ले नै राष्ट्रपतिको पद दुरुपयोग गर्‍याे : अध्यक्ष ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्ले नै राष्ट्रपतिको पद पटक पटक दुरुपयोग गर्दै आएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले संसदबाटै राष्ट्रपतिको दुरुपयोग हुदै आएको र राष्ट्रपति दुरुपयोग नभए संसदबाटै कोकोहोलो मच्चाउने गरेको बताएका हुन् ।

ओलीले भने, ‘संसदले संविधानले निर्धारण गरेका संसदीय प्रकृयालाई उल्लंघन गरेर भित्री नियतलाई पूरा गर्न राष्ट्रपतिको पदलाई समेत दुरुपयोग गर्न हुन्छ ? यहाँहरुले राष्ट्रपतिको पदलाई पटक पटक दुरुपयोग गर्नुभएको छ । दुरुपयोग भएन राष्ट्रपति भने कोकोहोलो मच्चाउनु भएको छ यहाँहरु (सांसद) ले भनेजस्तो भएन, आदेश पालना गरेन र आफूले भनेजस्तो गराउन पाइएन भने हुर्मत लिनुभएको छ ।’

ओलीले राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो जिम्मेवारी भन्दा सबै अरुले भनेझै काम गर्दै बसेको बताए ।

‘अहिलेको राष्ट्रपतिको हुर्मत लिन किन सकिरहेका छैनन् भने उहाँले भनेझै गर्दिनु भएको छ । अपराधीहरुलाई दनादन छोड्दिनुभएको छ । नचिनेको सभामुखमा खुरुखुरु हस्ताक्षर गर्नु भनेपछि गर्दिनुभएको छ,’ ओलीले भने ।

ओलीले सरकारले संसद र संसदिय समितिलाई कुनै विजनेस नदिएर संसदलाई निष्क्रिय र प्रयोजनहीन बनाउन लागेको आरोप लगाउँदै गठबन्धन टिकाउन जनआवाजलाई कुल्चिएर जनप्रतिनिधिको उपहास गरेको समेत बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १५:५४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।