Logo

प्रमुख समाचार

साँफेबगर पुगेका माओवादी सचिव आचार्य अस्वस्थ्य, काठमाडौं ल्याइँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।

पार्टीको तीन महिने अभियानका लागि अछामको साँफेबगर पुगेका उनी बुधबार बिहान एक्कासी अस्वस्थ भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।

उनलाई केहीबेरमा काठमाडौं ल्याउने तयारी छ ।

‘साँफेबगरको एउटा होटलमा बसिरहँदा उहाँको एक्कासि बोली बन्द भयो । शरीरको एक भाग चलाउन गाह्रो भयो,’ भट्टले भने, ‘त्यसपछि हामीले उहाँलाई बयलपाटा अस्पताल पुर्‍यायौं । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेजमा देखायौं । अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ ।’

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको उनले बताए । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको छ । टाउकोमा पुरानो चोट देखिएको छ । आचार्यको दाहिन भागमा प्यारालाइसिस भएको आशंका गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १२:३६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।