Logo

अर्थ

९.२४ अंकले बढ्यो सेयर बजार



काठमाडौं । मंगलबार राताम्य भएको सेयर बजारमा बुधबार सुधार आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज १२ उपसूचकमा हरियाली आएको छ ।

बुधबार विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको १.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५२ प्रतिशत र हाइड्रोपावर समूहको १.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सिटिजन लाइफको ६ करोड ९३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको ४ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १६:०४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।