काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज लगातार दोस्रो चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको थियो । हिजो पनि मूल्य स्थिर रहँदै चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया