Logo

खेलकुद

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो



काठमाडौं ।  चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली  पुरुष क्रिकेट टोली आज स्वदेश फकिएको छ ।

नेपाली क्रिकेटलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजा सहित स्वागत गरिएको छ ।

एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएको थियो । कडा टक्करका बाबजुत नेपालले भारतको युवा टिमसँग हार ब्यहोरेको थियो ।

मंगोलियाविरुद्ध दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले टी ट्वान्टी क्रिकेटमा विश्व कीर्तिमान बनाए भने नेपाली टिमले समेत कीर्तिमानी जित रचेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १२:५९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।