Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्रीले इजरायल आक्रमणबारे संसदलाई जानकारी गराउने



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टायनी समूह हमासले गरेको इजरायलमा गरेको आक्रमणलाई लिएर संसदमा सम्बोधन गर्ने भएका छन् ।

संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ ।

इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १३:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।