Logo

अर्थ

सेयर बजारमा ३५.६७ अंकको गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतवार सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९५६.९२ अंकमा रोकिएर कारोबार बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अंकले घटेर ३६७.५७ को विन्दुमा ओर्लेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्से सूचीकृतमध्ये २८९ कम्पनीका ५८ लाख १५ हजार १८९ कित्ता सेयर एक अर्ब १० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

१६ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ४ को स्थिर रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १५:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।