Logo

प्रमुख समाचार

काँग्रेस र माओवादीको भविष्य छैन : ओली



जनकपुर । एमाले अध्यक्ष केपी ओलीले एमालेसँग कांग्रेस र माओवादी केन्द्र एमालेसँग डराएको दाबी गरेका छन् ।

पार्टीको मधेस प्रदेश प्रथम अधिवेशनको धुबार जनकपुरमा उद्घाटन गर्दै ओलीले काँग्रेस माओवादी आत्तिएको बताए । उनीहरु आफ्नो भविष्य अन्धकार देखेर आत्तिएको दाबी ओलीको थियो ।

‘कांग्रेस हामीसँग आत्तिएको किन रु एमालेले काम गर्न नसकेर हो र ? आफ्नो भविष्य अन्धकार देख्न थालेर’, उले भने, ‘माओवादी किन आत्तियो ? आफ्नो भविष्य अन्धकार देखेर ।’

काँग्रेस माओवादीलाई सच्चिन आग्रह गर्दै उनले नसच्चिए भविष्य नरहेको जिकिर गरे । ‘तपाईंहरू सच्चिनुहुन्न एमालेको विरोध गरेर मात्रै गरेर बस्नुभयो भने भविष्य अन्धकारमा जान्छ’, ओलीले भने ।

आफ्नो दल एमाले सक्षम, योग्य, शसक्त र मौका पाएका बेला देशलाई विकासको बाटो लान सक्ने एक मात्र पार्टी भएको दाबी ओलीले गरे ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।