कैलाली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रकाे भ्रमण गर्ने भएका छन् ।
मोदी आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ । तर, उनकाे मोदी नेपाली भूमिमा आउँदा समेत नेपाली प्रशासनलाई कुनै जानकारी नगराइएको पाइएको छ ।
कैलाश पर्वतको दर्शनका लागि उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्न लागेका हुन् । तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले त्यसबारेमा कुनै जानकारी नगराइएकाे बताइन् ।
‘हामीले पनि आउँदै हुनुहुन्छ भन्ने सुनेका छौँ तर आधिकारिक कुनै जानकारी छैन’, उनले भनिन् ‘त्यस क्षेत्रका विषयमा हामीलाई जानकारी गराइँदैन ।’
बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँमा मोदीले भ्रमण गर्ने मात्र नभई त्यहाँका ३० जना स्थानीयवासीसँग भेटघाट र छलफल गर्ने कार्य तालिका रहेको छ । यस विषयमा पनि कुनै जानकारी नगराइएको सिडिओ जोशीले बताइन् ।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्ने बताइएकाे छ ।




















प्रतिक्रिया