Logo

प्रमुख समाचार

भारतीय प्रधानमन्त्री नेपाल आएको विषय सदनलाई जानकारी दिन रवि लामिछानेकाे माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसंग माग गरेका छन् ।

आज प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारको कुनै औपचारिकता हुदैँन् ? भन्दै यसको जवाफ सदनलाई छिटो भन्दा छिटो दिन माग गरे ।

उनले भने, ‘मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारले उहाँलाई स्वागत गर्न पर्दैन् ? कुनै औपचारिकता हुदैँन् ? यसबारेमा सदनलाई सरकारले परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउँनु पर्यो भनेर विशेष ध्यानाकर्षण गराउँनको लागि विशेष समय माग गरेको हो । यसको जवाफ सदनलाई छिटो भन्दा छिटो होस् ।’

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १४:०८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।