काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य तोला बिहीबार पनि तोलामा ७०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया