Logo

खेलकुद

लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा



काठमाडौं । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । मंगलबार लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै नेपाल फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो ।

नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको थियो । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो । लाओसमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले निर्णायक गोल गरे ।

यसअघि दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पहिलो लेग खेल बराबरीमा सकिएकाले दुबै टोली दोस्रो लेग खेलमा जित्नै पर्ने दबाबमा थिए । अन्ततः दोस्रो लेग खेलमा नेपालले लाओसलाई उसैको मैदानमा हराउँदै आफ्नो उत्कृष्टता सिद्ध गर्‍यो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार २०:१८   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।