Logo

खेलकुद

त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध टस जितेर नेपाल फिल्डिङमा



काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत युएईविरुद्धको खलमा टस जितेर फिल्डिङ रोजेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

योसँगै मुलपानी मैदान टी–२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ । नेपाल आज यूएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ ।

पछिल्लो समय नेपालले टी–२० आईमा यूएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यही खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १२:५७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।