Logo

खेलकुद

यूएईलाई अर्का झड्का, नेपालका लागि गुलसनले लिए अर्को विकेट



काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा गुलस झाले व्यक्तिगत दोस्रो तथा नेपालको लागि चौथो विकेट लिएका हुन् ।

उनले १२ बलमा १५ रन जोडेका यूएईका आसिफ खानको विकेट लिएका हुन् । यसअिघ गुलसनले नै यूएईका कप्तानसमेत रहेका मोहम्मद वासीमको विकेट लिएका हुन् । वासीम १८ बलमा १७ रन बनाएर आउट भए ।

यसैगरी करण केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे । सराफुले ७ बलमा ६ रन बनाए ।  नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिएका थिए । उनले यूएईका खलिद शाहको विकेट लिएका हुन् । शाह ६ बलमा बिनाकुनै रन पेभेलियन फर्किए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १३:५१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।