Logo

खेलकुद

रोहितको अर्धशतकमा यूएईमाथि नेपालको सहज जित



काठमाडौं । नेपालले घरेलु मैदानमा सुरु भएकाे त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा यूएईविरुद्ध सहज जित निकालेकाे छ । कपतान  राेहित पाैडेलकाे अर्धशतकमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान  पौडेलले ५१ रनमा अविजित रहे ।  यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अविजित ३४ रन बनाए । आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए ।

यस्तै अली नासिरले पनि ३२ रन जोडे । हमिद र नासिरबीच पाँचौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन् ।

नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एकएक विकेट हात पारे । करनले चार ओभरमा केवल १९ रन खर्चिए ।

विश्वकप छनोटको तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १६:४७   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।