Logo

खेलकुद

कुशल र दीपेन्द्रको विष्फोटक साझेदारीमा नेपालले हङकङलाई दियाे २१४ रनको विशाल लक्ष्य



काठमाडौं । त्रिकाेणात्मक टी–२० सिरिजअन्तर्गतकाे आफ्नाे तेस्रो खेलमा नेपालले हङकङलाई २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि विष्फाेटक ब्याटर कुशल मल्ल र मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले विष्फोटक  शतकीय साझेदारी गरे । मुलपानी मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

खराब सुरूवात गर्दै नेपालले ८.१ ओभरमा ४ विकेट गुमाइसकेको अवस्थाबाट कुशल र दीपेन्द्रले इनिङ सम्हाले । नेपालका लागि कुशल मल्लले मात्र ४१ बलमा तीन चाैका र ९ छ्क्ककाे मद्दतमा ९१ रन बनाए भने दीपेन्द्रले  ३४ बलमा ६ चाैका र २ छक्काकाे मद्दतमा ५७ रनकाे याेगदान दिए ।  

यसअघि नेपालले दोस्रो ओभरमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २ रन बनाएर आउट भए । अर्का ओपनर आशिष सेफले आक्रामक ब्याटिङ गरे पनि लामो इनिङ खेल्न सकेनन् । उनी १३ बलमा २० रन बनाएर आउट भए ।

तेस्रो नम्बरमा बढुवा गरिएका सोमपाल कामी पनि असफल भए । उनले १२ बलमा ८ रनमात्र जोड्न सके । कप्तान रोहित पौडेल पनि ११ रन बनाएर पेभिलियन फर्किएपछि नेपाल संकटमा देखिएको थियो ।

तर, कुशल मल्ल क्रिजमा आएसँगै खेलको दिशा बदलियो । उनले हङकङका बलरहरूमाथि कठोर आक्रमण गर्दै छक्काको वर्षा गरे । उनलाई दीपेन्द्रले बलियो साथ दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार १२:५६   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।