काठमाडौं । नेपालमा भइरहेकाे त्रिणात्मक टी–२० सिरिजअन्तर्गत आइतबारकाे खेलमा हङकङले यूएईसामू १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानीस्थित माथिल्लो रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रनकाे याेगफल तयार पर्याे ।
हङकङका बाबर हायतले ६६ रन बनाए । उनले ४५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । ऐजाज खानले ४८ रन थपे । २५-३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका लागि ११४ रनको साझेदारी गर्दै हङकङको इनिङ्स सम्हालेका थिए । अन्शुमन रथले १४ रन जोडे ।
यूएईका र जहुर खानले तीन र निलान्स केशवानीले दुई विकेट लिए । नेपालमा कात्तिक १ गतेदेखि जारी त्रिदेशीय शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् । शृङ्खलामा हङकङको यो तेस्रो र यूएईको दोस्रो खेल हो । नेपालले भने लगातार तीन खेलमा जित निकाल्दै अन्तिम खेल अगावै फाइनलमा स्थान बनाइसकेको छ ।




















प्रतिक्रिया