काठमाडाैं । त्रिकाेणात्मक टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा पुग्न आज यूएई र हङकङ खेल्दैछन् । खेल मूलपानी क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुनेछ ।
नेपाल, यूएई र हङकङ सहभागी शृङ्खलामा चार खेलमा अपराजित रहँदै नेपाल फाइनलमा पुगिसकेको छ । नेपालको आठ अङ्क छ । एक खेल जितेको यूएई दुई अङ्कसहित दोस्रो स्थानमा छ ।
हङकङ अङ्कविहीन छ । आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ । आजको खेलमा जितसहित रनरेटमा यूएईलाई पछि पार्न सके मात्रै हङकङ फाइनलमा पुग्नेछ ।
फाइनल खेल पर्सि शुक्रबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।




















प्रतिक्रिया