काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ६ ओभरको खेल सकिँदा बिना विकेटको क्षतिमा ५६ रन बनाएको छ ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखबीच राम्रो साझेदारी भइरहेको हो । भुर्तेलले अविजित ३६ तथा शेखले अविजित १९ रन बनाएका छन् ।




















प्रतिक्रिया