Logo

खेलकुद

ओमनसँग हार्‍याे मलेसिया



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएकाे खेलमा ओमनले जित हात पारेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा ओमान र मलेसियाबीचको खेलमा ओमान ३२ रनले विजयी भयो ।

ओमानले जितका लागि दिएको एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २१ रनमा समेटियो ।

मलेसियाका लागि वीरनदीप सिंहले ५३ बलमा २ चौका र दुई छक्कासहित ५७ रनमा अविजित रहे । त्यस्तै जुबैदी जुल्फिकीले १४, अहमद फैजले १३ तथा स्याजरुल एजात इद्रुसले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

ओमानका लागि बिलाल खान र जिशान मकसुदले समान दुई/दुई विकेट लिए भने फयाज बट, सकिल अहमद, आयन खान र अकिब इलियासले समान एक/एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै मोहम्मद नदीमले ११ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाउँदै अविजित रहे । ओपनर कश्याप प्रजापतिले २५, प्रतीक अथवले १२, अकिब इलियासले आठ, शोएब खानले चार तथा मेहरान खान १५ रन बनाए ।

मलेसियाका विरनदीप सिंहले तीन विकेट लिए भने पवनदीप सिंह, रिजवान हैदर र विजय उन्नीले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १९:०१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।