Logo

खेलकुद

मलेसियालाई तेस्रो झड्का, नेपालका सन्दीपले लिए विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले मलेसियाविरुद्धको खेलमा तेस्रो सफलता हात परेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले अर्को सफलता दिलाएका हुन् ।

सन्दीपले मलेसियाका विरन्दीप सिंहलाई आउट गरेका हुन् । सिंहले ८ बलमा ४ रन जोडेर आउट भएका हुन् ।

यसअिघ मलेसियाका अहम्मद फेइज रनआउट भएका थिए भने पहिलो विकेटका रुपमा अविनाश बोहराले जुबाइदी जुलकीफ्लेलाई आउट गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १४:०६   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।