काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया