काठमाण्डौं । टी–२० एसियाली विश्वकप छनौटको लागि मैदानमा उत्रिएका नेपाल र यूएईबीचको खेल सुरु भएको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले ब्याटिङ गरिरहेको छ ।
ब्याटिङमा राम्रो सुरुवात गरे पनि युएईको दुईवटा विकेट पतन भएका छन् । सोमपाल कामीले मोहम्मद वासिमलाई तीन ओभर र एक बलमा आउट गरे । खालिद शाह पनि आउट भएका छन् । युएईले पाँच ओभर खेल्दा ३२ रन जोडेको छ ।
सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन् । खालिदलाई सोमपाल आफैले रन आउट गरेका थिए । वासिमलाई करण केसीबाट क्याच आउट गराए ।




















प्रतिक्रिया