काठमाडाैं । टी–२० एसियाली विश्वकप छनौटको लागि मैदानमा उत्रिएका नेपाल र यूएईबीचको खेल चलिरहेकाे छ ।
नौ ओभर सकिँदा युएईले जोड्यो ५६ रन
नौ ओभरभर गुल्सन झाले बलिङ गरे । उनको बलिङमा युएईले एक चौका र दुई रन गरी ६ रन जोड्न सफल भयो ।
सात ओभर सकिएलगत्तै सन्दिप लामिछाने बलिङका लागि मैदानमा आएका थिए । आठ ओभर सकिँदा युएईले जेड्यो ५० रन जेडेको छ ।
सात ओभरमा युएईले जोड्यो ४६ रन
गुल्सन झा मैदानमा आएका छन् । सात ओभर सकिँदा युएईले ४६ रन जोडेको छ ।
युएईले जेड्यो ६ ओभरमा ४१ रन
साेमपाल कामीको बलिङमा दुई युएईको दुईवटा विकेट गुमेपछि खेललाई लयमा फर्काउने तयारीमा युएई खेलिरहेको छ । एकै ओभरमा सोमपालको बलिङमा युएईका दुईवटा विकेट पतन भएका थिए । ६ ओभर सकिँदा युएईले दुई विकेटको क्षतिमा ४१ रन जोड्न सफल भएको छ ।
खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।




















प्रतिक्रिया