Logo

खेलकुद

युएईको तीन विकेट गयाे



काठमाडाैं । टी–२० एसियाली विश्वकप छनौटको लागि मैदानमा उत्रिएका नेपाल र यूएईबीचको खेल चलिरहेकाे छ ।

१० ओभर सकिँदा युएईको तीन विकेट गएको छ । लामिछानेको बलिङमा युएईको तीन विकेट गएको हो । युएईका आशिफ खान आउट भएका छन् । १० ओभर सकिँदा युएईले ६२ रन जाेडेका छ ।

टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् ।

नौ ओभर सकिँदा युएईले जोड्यो ५६ रन

नौ ओभरभर गुल्सन झाले बलिङ गरे । उनको बलिङमा युएईले एक चौका र दुई रन गरी ६ रन जोड्न सफल भयो ।

सात ओभर सकिएलगत्तै सन्दिप लामिछाने बलिङका लागि मैदानमा आएका थिए । आठ ‌ओभर सकिँदा युएईले जेड्यो ५० रन जेडेको छ ।

सात ओभरमा युएईले जोड्यो ४६ रन

गुल्सन झा मैदानमा आएका छन् । सात ओभर सकिँदा युएईले ४६ रन जोडेको छ ।

युएईले जेड्यो ६ ओभरमा ४१ रन

साेमपाल कामीको बलिङमा दुई युएईको दुईवटा विकेट गुमेपछि खेललाई लयमा फर्काउने तयारीमा युएई खेलिरहेको छ । एकै ओभरमा सोमपालको बलिङमा युएईका दुईवटा विकेट पतन भएका थिए । ६ ओभर सकिँदा युएईले दुई विकेटको क्षतिमा ४१ रन जोड्न सफल भएको छ ।

खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ११:५५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।