Logo

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

योसँगै प्रतितोला छापावाला सुन  १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १२:२२   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।