Logo

खेलकुद

आशिफ शेखले बनाए अर्धशतक



काठमाडौं । टी-२० विश्वकप छनोटको निर्णायक खेलमा आशिफ शेखले अर्धशतक पार गरेका छन् ।

विश्वकप छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ । आशिफले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । अहिलेसम्म उनले ४७ बलमा ५६ रन जाेडेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १५ ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको छ । नेपाललाई जितका लागि तीस बलमा तीस रन चाहिएकाे छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १४:००   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।