काठमाडौं । मुलपानी क्रिकेट रंगशालामा भएको खेलमा युएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट भएकाे छ ।
शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरका पूरा गरेको हाे ।
सन् २०१४ मा टी २० विश्वकप क्रिकेट खेलेको नेपाल त्यसपछि बल्ल विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।
पहिले ब्याटिङ गरेको युएईविरुद्ध नेपालका कुशल मल्लले ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।
काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । हिजाे ओमनले नेपाललाई हराएकाे थियाे ।




















प्रतिक्रिया