धनगढी । जाजरकोट केन्द्रबिन्दु भएर शुक्राबार राति गएको भूकम्पका पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ राहत दिने भएकाे छ । शनिबार बिहान बसेको सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।
मुख्यमन्त्री शाहका अनुसार प्रदेश सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ। प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।




















प्रतिक्रिया