काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारका लागि आइतबारदेखि सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का (मेडालियन) बिक्री थाल्ने भएको छ । राष्ट्र बैंको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक सूचना जारी गर्दै भोलि (आइतबार) देखि २४ गते शुक्रबारसम्म असर्फी र मेडालियन बिक्री गरिने जनाएको छ ।
सुनका असर्फी बढीमा एक जनाले एक सेट (१० ग्राम ५ ग्राम २.५ ग्राम) तथा मेडालियन एक सेट (गाईअंकित २५ ग्राम गाइअंकित १० ग्राम लक्ष्मीअंकित १० गणेशअंकित १० ग्राम र गजलक्ष्मीअंकित १० ग्राम) किन्न पाइने छ ।
उक्त असर्फी र मेडालियन खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।




















प्रतिक्रिया