Logo

खेलकुद

नेपाल र ओमनबीच हुने फाइनल खेलको टिकट बिक्रीबापतको आधा रकम भूकम्प पीडितलाई



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार हुने नेपाल र ओमानबीचको खेलको टिकट बिक्रीबापत प्राप्त हुने रकमको भूकम्प पीडितलाई दिने घाेषणा गरेकाे छ ।

आईसीसी टी–२० विश्वकप छनाेटकाे उपाधिका लागि आइतबार नेपाल र ओमान भिड्दैछन् । उक्त खेलकाे टिकट बिक्रीबापत आउने रकमकाे पचास प्रतिशत रकम जाजरकाेट र रुकुमका भूकम्प पीडितलाई दिने क्यानले जनाएकाे छ ।

क्यानले भूकम्पबाट भएको मानवीय तथा संरचनागत क्षतिले आफूलाई अत्यन्त मर्माहत तुल्याएको जनाएको छ । भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्यानले शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १३:१५   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।