Logo

खेलकुद

नेपाललाई पहिलो झड्का, आसिफको विकेट गुम्यो



काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झड्का लागेको छ ।

नेपालका आपनर आसिफ शेखलाई पहिलो विकेटमा रुपमा नेपालले गुमाएको छ । उनले ५ बलमा एक छक्काको मद्दतमा ६ रन बनाए । आसिफको विकेट ओमनका बिलाल खानले लिएका हुन् ।

अहिले क्रिजमा कुशल भुर्तेल र सन्दिप जाेरा छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार ११:१५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।