काठमाडौं । भारतमा जारी आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । यी दुबै टोली यसअघि नै जारी विश्वकपको उपाधि होडबाट बाहिरिइसकेका छन् । खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो सव २ बजे सुरु हुनेछ ।
सेमिफाइनलको दौडबाट बाहिर रहेको बंगलादेशले सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफी जितेर छनोट हुन चाहन्छ । सेमिफाइनलको दौडमा रहन श्रीलंकालाई कुनै पनि हालतमा जित्नै पर्छ। हार भएमा टोली विश्वकपबाट बाहिरिने छ । सात खेलबाट दुई जितसहित ४ अंक जोडेको श्रीलंका अंक तालिकाको सातौं स्थानमा छ । योसँगै बंगलादेशले ७ खेलमा एक जितसहित २ अंक जोडेको छ र ९ नम्बरमा छ ।
एक दिवसीय विश्वकपमा अहिलेसम्म यी दुईबीच कुल चार खेल खेलिएका छन् । श्रीलंकाले तीन जित हात पारेको छ । तर एक खेल वर्षाका कारण अनिर्णित रह्यो । दुई टोलीबीच एक दिवसीयमा ५३ खेल खेलिएका छन् । श्रीलंकाले ४२ र बंगलादेशले ९ जित हात पारेको छ ।
दुई खेल नतिजाविहीन छन् । यी दुईको पछिल्लो पटक यसै वर्ष सेप्टेम्बरमा भएको एसिया कपमा श्रीलंकामा भिडन्त भएको थियो ।
दुबै टोलीको सम्भावित प्लेइङ-११
श्रीलंकाः कुसल मेन्डिस (कप्तान र विकेटकीपर), पथुम निसान्का, दिमुथ करुणारत्ने, सादिरा समाराविक्रमा, चारिथ असालान्का, एन्जेलो म्याथ्यूज, दुशन हेमन्थ, महिश टिक्षाना, कसुन रजिथा, दुष्मन्था चमेरा र दिलशान मधुशंका।
बंगलादेशः शकिब अल हसन (कप्तान), तान्जिद हसन तमिम, लिटोन दास, नजमुल हुसेन शान्तो, मुशफिकुर रहिम (विकेटकिपर), महमुदुल्लाह रियाद, तौहिद हृदोय, मेहदी हसन मिराज, तस्किन अहमद, शोरिफुल इस्लाम र मुस्ताफिजुर रहमान।




















प्रतिक्रिया