Logo

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेलाडीको टाइमआउट, एन्जेलो म्याथ्युज प्याभिलियन फर्किए



काठमाडाैं । दिल्लीको अरुण जेटली स्टेडियममा बंगलादेश र श्रीलंकाबीचको खेलमा श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युजलाई टाइम आउट बोलाइएको छ ।

आईसीसी नियम  अनुसार क्रिजमा उपस्थित खेलाडी आउट हुँदा उनको स्थान लिने खेलाडीले बढीमा तीन मिनेटभित्र बलरको सामना गर्न तयार हुनुपर्छ।

यस्तो अवस्थामा एन्जेलो म्याथ्युज निर्धारित समयभन्दा अगाडि नै मैदानमा पुगेका थिए । तर, हेल्मेट ठीक अवस्थामा नभएका कारण उनले निर्धारित समयभन्दा अगाडि बलरको सामना गर्न सकेनन् ।

यसपछि बंगलादेशको टोलीले यस नियमअनुसार उनलाई आउट घोषित गर्न अम्पायरसँग अपिल गरेको थियो, जसलाई अम्पायरले स्वीकार गर्दै एन्जेलो म्याथ्युजलाई आउट घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १७:३१   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।