काठमाडाैं । अखिल नेपाल संघ (एन्फा)ले फिफा विश्वकप फुटबल २०२६ र २०२७ मा हुने एएफसी एसियाली कप छनोटका लागि हुने दोस्रो चरणका खेलकाे तयारी अन्तिम चरणमा पुर्याएकाे छ । दोस्रो चरणमा मंसिर ५ मा नेपालले यमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलका लागि तयारी तीव्र पारिएकाे मंगलबार आयाेजित पत्रकार सम्मेलनमार्फत एन्फाले जानकारी दियाे ।
एन्फाका अनुसार नेपाल र यमनबीच साँझ ७ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ। फिफा वरीयतामा नेपाल यमनभन्दा निकै पछि छ । नेपाल १७३ औं स्थानमा रहेको छ भने यमन १५३ औं स्थानमा छ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार खेलको टिकट एन्फाले नै व्यवस्थापन गरी बिक्री गर्नेछ। साधारण पारपिटको टिकट दर ४०० रुपैयाँ र भिआइपीतर्फ १००० रुपैयाँ कायम गरिएको उनले बताए । प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार कसलाई दिने भन्नेबारे भने केही दिनमा तय हुने एन्फाले जनाएकाे छ ।




















प्रतिक्रिया