काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ अन्तर्गत मंगलबारकाे खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २९२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडिम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ओपनर इब्राहिम जद्रानको कीर्तिमानी शतकमा पूरै ओभर खेल्दै ५ विकेटकाे क्षतिमा २९१ रन बनाएकाे हाे ।
जद्रान १४३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १२९ रनमा अविजित रहे । जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका छन् । जद्रान बाहेक अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । ओपनर रहमानउल्लाह गुरबाज २५ बलमा २ चौकासहित २२, रहमात शाह ३०, कप्तान हश्मातुल्लाह शाहिदी २६ र आजमतुल्लाह ओमरजाई २२ रनमा आउट भए ।
ओमरजाईले १८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । राशिद खान १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा नट आउट रहे । छैटौं विकेटका लागि राशिद खान र जद्रानले २८ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
अष्ट्रेलिया मिचेल स्टार्कले ९ ओभरमा ७० रन खर्चिदा १ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक/एक विकेट लिए ।




















प्रतिक्रिया