Logo

खेलकुद

एन्फाको विशेष साधारण सभा आज



मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज बिहीबार हेटौंडामा हुँदैछ ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा बिहान ८ बजेबाट सुरु हुने विशेष साधारण सभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने बताइएको छ ।

एन्फा केन्द्रीय समिति सदस्य एवं एन्फा मकवानपुर जिल्ला अध्यक्ष टीकाराम लामाका अनुसार साधारण सभा अघि आजै एन्फाको केन्द्रीय समितिको बैठक बस्नेछ ।

साधारण सभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिलगायत देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिको सहभागिता रहने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार ०८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।