Logo

खेलकुद

विश्वकप फाइनल : अम्पायर ताेकिएसँगै भारतीय समर्थक निराश



काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को उपाधिका लागि आइतबार आयाेजक भारत र अष्ट्रेलिया भिड्दै छन् । फाइनल खेल भारतको अहमदावादमा नेपाली समय अनुसार दिउँसो २ः १५ मा सुरु हुने छ ।

फाइनल खेलका लागि इंग्ल्याण्डका रिचर्ड केटलबोरो र रिचर्ड इलिङवर्थले अम्पायर ताेकिएका छन् । अम्पायर ताेकिएसँगै भारतीय समर्थक निराश बनेका छन् । किन भने रिचर्ड केटलबोरोले आईसीसीको जति नकआउट म्याचमा अम्पायरिङ गरेका छन्, सबैमा भारतले हार व्यहोरेको छ ।

एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो, जुन खेलमा केटलबोरो अम्पायर थिए । टी–२० विश्वकप २०१६ मा भारत वेष्ट इण्डिजसँग हार्दा होस् वा च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानसँग हार्दा होस्, केटलबाेराे नै अम्पायर थिए ।

विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत हारेको खेलमा पनि उनै केटलबोरो अम्पायर थिए । अब आइतबार अष्ट्रेलियासँग प्रतिस्पर्धा हुने फाइनलमा पनि केटलबाेराे र इलिङवर्थ फिल्ड अम्पायर ताेकिएका छन्, जुन भारत र भारतीय समर्थकका लागि अशुभ संकेत बनेकाे छ ।

यद्यपि उनै केटलबाेराेले भारतीय शीर्षक्रमका ब्याटर विराट काेहलीलाई यही विश्वकपकाे लिग चरणकाे खेलमा बंगालदेशविरुद्ध शतक प्रहारका लागि गलत निर्णय लिएकाे आराेप पनि छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार १९:२२   :  बजे

6.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।