Logo

खेलकुद

अस्ट्रेलियाविरुद्ध अपराजित लय कायम राख्दै उपाधि चुम्न भारतलाई छैन सहज

दबाब झेल्न माहिर अष्ट्रेलिया दाेहाेराे ह्ययाट्रिक गर्ने दाउमा



काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ काे उपाधिका लागि आज  भारत र अस्ट्रेलिया भिड्दैछन् । भारत यस पटककाे विश्वपमा अपराजित टीम हाे भने अस्ट्रेलिया लिग चरणमा केही हारकाे सामना गर्दै फाइनलमा पुगेकाे टिम हाे ।

विश्वकप–२०२३ मा उत्कृष्ट ठहरिएका यी दुई टीमकाे इतिहास हेर्ने हाे भने यसपटककाे अपराजित भारतभन्दा अस्ट्रेलिया नै बलियाे देखिन्छ । यसअघि दुई पटक मात्र विश्वविजेता बनेकाे थियाे भने अस्ट्रेलियाले पाँचाैं पटक विश्वकपकाे उपाधि उचालिसकेकाे छ । अहिले भारत ह्याट्रिक गर्ने दाउमा छ भने अस्ट्रेलिया डबल ह्याट्रिक ।

आज यी दुई उत्कृष्ट टिमबीचको उत्तिकै अब्बल दर्जाको खेल हुने निश्चित छ । भारत यसपटक खुब लयमा छ । कप्तान रोहित शर्माले आफ्नो टिमलाई  आक्रमक बनाएका छन् र त्यसको सुरुआत ओपनरका रूपमा आफैले गरिरहेका छन् । विराट कोहली र श्रेयस अय्यर पनि धेरै पछाडि छैनन् ।

बलिङमा पनि भारतको प्रवृति त्यही छ । जुसप्रित बुमराह र मोहम्मद सिराजले सुरुमा सटिक आक्रमण बुन्छन् र त्यसपछि मोहम्मद सामी घातक रूपमा प्रस्तुत हुन्छन् । भारत यी दुवै प्रवृतिमा सफल रह्यो भने फाइनलमा जित उसका लागि टाढा हुँदैन ।

तर डबल ह्याट्रिककाे कीर्तिमानी बनाउने दाउमा रहेकाे अस्ट्रेलिया के कम । उसकाे सुरुआत बलिङ र ब्याटिङ पछिल्लो समय मिल्न थालेको देखिन्छ । अस्ट्रेलियाको फिल्डिङ पनि अन्य टिमको तुलनामा धेरै माथि छ । अस्ट्रेलियाली खेलाडीले गज्जबका क्याच मात्र लिएका छैनन्, प्रत्येक रन बचाउन ज्यान फ्यालेर लागिरहेका छन् । तर, अहिलेको भारतीय टिममा विश्वस्तरीय फिल्डर नभएका पनि होइनन् ।

अस्ट्रेलिया त्यस्तो टिम हाे, जसले अन्तिम क्षणसम्म पनि हार मान्दैन । जबसम्म खेलमा पूर्ण विराम लाग्दैन्, अस्ट्रेलिया अब त हार्‍यो भन्न मिल्दैन । अफगानिस्तानविरुद्ध यसको राम्रो उदाहरण देखिएकाे छ । १०७ विकेट गुमाएर ९१ रन बनाएको अष्ट्रेलियाले अन्ततः दुई सय ९२ रनको लक्ष्य पनि पछ्याएको थियो ।

त्यसमा ग्लेन म्याक्सवेलले नटआउट रहेर दोहोरो शतक पनि बनाए । खासमा अस्ट्रेलिया बडाे चर्को  दबाबमा खेल्न माहिर छ । जसकारण उपाधी दाबेदार दुबैलाई मान्न सकिन्छ भने आजकाे फाइनल ‘ब्लकबस्टर’ हुनेमा कुन श‌ंका छैन ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १०:३९   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।