Logo

खेलकुद

फिफा विश्वकप छनाेट : यमन विरुद्धकाे खेल जित्नैपर्ने दबाबमा नेपाल 



काठमाडौं । फिफा विश्वकप फुटबल छनाेटमा समूह चरणकाे खेल खेलिरहेकाे नेपाललाई कम्तिमा यमनविरुद्धकाे खेल जित्नैपर्ने दबाब छ । समूह चरणमा यूएईसँगको खेल ४-० ले हारे अहिलेसम्म अंकविहीन रहेकाे नेपालले यमनविरुद्ध जित निकालेर अंक जाेड्न चाहन्छ ।

नेपालले विश्वकप छनोटको समूह चरणमा आफ्नो दोस्रो खेल भोलि (मंगलबार) काठमाडौंको दशरथ रंगशालामा खेल्दै छ । यमन विरुद्धको उक्त खेल जित्ने आशा राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बु दुबैले व्यक्त गरेका छन् ।

साेमबार भएकाे पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक एनेसले भने, ‘हामी यो खेल जित्न चाहन्छौं, समर्थकलाई आशा दिलाउनका लागि पनि जित्न चाहन्छौं । हामी अंक जोड्न चाहन्छौं ।’

आगामी चरणमा जानका लागि पनि याे खेल महत्वपूर्ण रहेकाले जित्नुपर्ने कप्तान लिम्बुले बताए । यो खेलका लागि तयारी राम्रो रहेको पनि उनले बताए । यही समूहमा  बहराइनसँग २-० ले पराजित भएर यमन पनि अंक विहीन नै छ । तर नेपाललाई यमनविरुद्ध जित निकाल्न सहज भने छैन ।

यमनसँगको खेलमा नेपालका मिडफिल्डर लकेन लिम्बु खेल्ने छैनन् । खुट्टाकाे चाेटका कारण उनले यमनविरुद्धकाे खेल्न गुमाउनेछन् । चाेटकै कारण यूएईसँगको खेल नखेलेका अनन्त तामाङले पनि यमनसँगको खेल खेल्ने/नखेल्ने निश्चित छैन । उनका बारेमा मेडिकल टिमसँग सल्लाह गरेर निर्णय गर्ने प्रशिक्षक एनेसले बताएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १४:२४   :  बजे

525
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।