काठमाडौं- फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा आज नेपालले यमनसँग खेल्दैछ।
समूह एच अन्तर्गतको खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ।
फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ। घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने लक्ष्यसहित नेपाल मैदानमा रहने छ।
नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेकोमा कुनैमा पनि जित निकाल्न सकेको छैन। सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो।
नेपाल र यमनको खेल हेरिसकेपछि घरसम्म पुग्न दर्शकलाई सहज होस् भनेर निःशुल्क बसको व्यवस्था गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको जनाएको छ। बस सेवाका लागि दर्शकहरूले टिकटको अर्धकट्टी देखाउनुपर्ने छ।
आजको खेलका लागि ४ सय र १ हजारका दरले टिकट खुलाइएको छ।
कुन कुन रुटमा चल्नेछ बस?
१. त्रिपुरेश्वरबाट चक्रपथ हुँदै नारयणथानसम्म
२. त्रिपुरेश्वरबाट भक्तपुर सूर्यविनायकसम्म
३. त्रिपुरेश्वरबाट बौद्ध, जोरपाटीसम्म
४. त्रिपुरेश्वरबाट कलंकी, सतुगंलसम्म र सोही गाडीले स्वयम्भूसम्म
५. त्रिपुरेश्वरबाट सोह्रखुट्टे, बालाजु हुँदै चक्रपथसम्म
६. त्रिपुरेश्वरबाट बल्खु हुँदै कीर्तिपुरसम्म
७. त्रिपुरेश्वरबाट एकान्तकुना हुँदै भैंसेपाटीसम्म
८. त्रिपुरेश्वरबाट लगनखेल हुँदै हात्तीवनसम्म
९. त्रिपुरेश्वरबाट सिनामंगलसम्म




















प्रतिक्रिया