Logo

खेलकुद

नेपाल सहभागी हुने यू-१९ विश्वकप क्रिकेट दक्षिण अफ्रिकामा सर्‍यो



काठमाडाैं । नेपाल सहभागी हुने आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकामा सरेकाे छ । श्रीलंका क्रिकेटबाेर्डलाई निलम्बन गरेसँगै आईसीसीले आगामी जनावरी र फेब्रुअरीमा हुने यू-१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेकाे हाे ।

आईसीसीकाे बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो । दक्षिण अफ्रिकामा यसअघि यू-१९ महिला विश्वकप २०२३ र यू-१९ विश्वकप २०२० आयोजना भएको थियो।

यस पटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १७:१०   :  बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।