Logo

खेलकुद

नेपाल यमनसँग दुई गोलले पराजित



काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गतकाे दाेस्राे चरणकाे दाेस्राे खेलमा नेपाल यमनसँग २ गोलले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा गाेल गर्ने अवसर प्रशस्तै सृजना भएपनि त्यसलाई सदुपयाेग गर्न नसक्दा नेपाल हार बेहाेर्न बाध्य भएकाे हाे ।

समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

यमनलाई जित दिलाउन ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।

ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । यस्तै मोहम्मद अब्दुल्लाह अल-दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे ।

दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा युएईसँग ४-० ले पराजित भएको थियो । दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार २१:०५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।