काठमाडाैं । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ९.८७ अकंले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.७६ अंकले बढेर ३५६.९८ को विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ४४ लाख २० हजार ५१८ कित्ता सेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा १० उपसूचकमा सुधार आएपनि आज ३ उपसूचक भने राताम्य छन् । आज बैंकिङ समूहको ०.७२ प्रतिशत, माइक्रोफाइनान्स समूहको प्०.२८ प्रतिशत र अन्य समूहको ०.१० प्रतिशतले सेयर मूल्य घटेको हो ।
आज नबिल बैंकको १३ करोड १० लाख र सोनापुरको ९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।




















प्रतिक्रिया