काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीको संख्या दिनहुँ बढ्दै गएको छ। ऋण समयमै नतिर्दा दैनिक कालोसूचीमा पर्नेहरूको संख्या बढ्दै गएको हो।
कार्तिकसम्म कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजार ३७१ पुगेको कर्जा सूचना केन्द्रले जनाएको छ।
गत आर्थिक वर्ष ३४ हजार ८१ ऋणी संस्था तथा व्यक्ति कालोसूचीमा रहेकोमा यस वर्ष उक्त संख्या निकै बढेको हो। चालु आर्थिक वर्षको चार महिनामा नै १४ हजार ७७५ संस्था तथा व्यक्ति कालोसूचीमा परेका छन्।
कालोसूचीमा पर्नेमा व्यावसायिक संस्था तथा व्यवसायीहरू र तीनका जमानी बस्नेहरू रहेको कर्जा सूचना केन्द्रले जनाएको छ।
पछिल्लो पाँच वर्षको तथ्यांकले कालोसूचीमा पर्नेहरूको संख्या लगातार बढ्दै गएको देखाएको छ।
आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ८३७ ऋणी संस्था र व्यवसायीहरू कालोसूचीमा परेका थिए। तर त्यसयता लगातार बढ्दै गएर अहिले दैनिक ४०० सम्म कालोसूचीमा पर्नेको नाम सार्वजिनक हुने गरेको छ।
केन्द्रका अनुसार २०७६/७७ मा चार हजार ६२०, आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ५१४ र आर्थिक वर्ष २०७८/७९ मा १५ हजार ९९५ ऋणीहरू कालोसूचीमा परेका छन्।
कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशत चेक बाउन्सको केस रहेको बताइएको छ। बाँकी ३० प्रतिशत भने ऋण तिर्न नसकेकाहरूको केस रहेको सूचना केन्द्रसँग तथ्याङ्क छ।
यसरी कालोसूचीमा परेपछि आर्थिक कारोबार, विदेश भ्रमण, अध्ययनलगायत सुविधा नपाउने व्यवस्था छ। कालोसूचीबाट हटाउन सक्ने रहेको र त्यसका लागि खातावाताले पैसा तिरेको प्रमाण कर्जा सूचना केन्द्रमा पेस गर्नुपर्छ।




















प्रतिक्रिया