काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार आइतबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले पनि बढेको छ । आइतबार तोलाको १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया