Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो ।

मंगलबार सुन तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १२:३५   :  बजे

777
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।