काठमाडौं । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा लगातार दुई खेल जित्दै विभागीय क्लव त्रिभुवन आर्मी क्लवले सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा क्रिकेट रंगशालामा भएको दिनको दोस्रो खेलमा आर्मीले प्रदेश १ लाई ३९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरका सात विकेट गुमाउँदै १८६ रन बनाएको थियो । आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो ।
कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए ।
आर्मीका लागि सोमपाल कामी र विवेक यादव समान २/२ विकेट लिए । जितेन्द्र मुखिया, वसिर अहमद, साहब आलम र रोहित पौडेलले समान १/१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५६ रन बनाए । भीमले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ओपनर सन्तोष कार्कीले अर्धशतक बनाउँदै रिटायर हर्ट भए । रोहित पौडेलले २३ र कप्तान विनोद भण्डारीले १७ रन बनाए ।
कोशी प्रदेशका लागि श्रावण यादवले सर्वाधिक ३ विकेट लिए । बायाँ हाते तिव्र गतिका बलर कमल खत्रीले २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले १/१ विकेट लिए ।




















प्रतिक्रिया